Skin_Hospital_Dhn

आज दिउसो मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं ।
आज (सोमबार) अपरान्ह चार बजे मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दैछ ।

रास्वपाले हिजो (आइतबार) सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि आजको बैठक बोलाइएको हो ।

रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् ।

हिजो (आइतबार) रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

सम्बन्धित
Loading...