
पत्रकारिता निस्वार्थ र सत्यतथ्य घटनाहरुलाई बाहिर ल्याउने पेशा भएकाले पार्टी र व्यक्तिको पत्रकारिता गर्नेहरुले पत्रकारितामा नआउँदा नै उचित हुने इह्रिकन नेपालकी कार्यसमिति सदस्य तथा पत्रकार सम्झना पौडेलले बताएकी छिन् । सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा सहभागि भएका महिला , बालबालिका तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुलाई प्रशिक्षण दिदै उनले आफ्ना अनुभव साट्दै भनिन् ‘सुरुवातमा पत्रकारिता संगै हरेक पेशामा संघर्ष छ तर त्यो संघषको मजा केही बनेपछी र केही गरेपछि मात्रै आउँछ’ ।
दुईदिने प्रशिक्षण कार्यक्रममा कार्यक्षेत्र र सञ्चारगृह लगायत क्षेत्रमा पत्रकारहरुले पनि विभिन्न खाले हिंसा भोग्नुपरेको सहजकर्ता उन्नती चौधरीले जानकारी दिईन् ।उनले पत्रकारले सामाजिक मुद्धाहरु पहिचान गरि आवाज बिहीनहरुको अवाज बन्ने, गलत गर्नेलाई खबरदारी गर्ने र समाजलाई सकारात्मक परिवर्तन डोर्याउने काममा सहयोग पुर्याईरहेको बताईन् ।
यस्तै अर्की सहजकतौ तथा कार्यक्रमक सञ्चालक , दलित महिला अधिकार मञ्चकाी परियोजना संयोजक विमला कठायतले लैंगिक हिंसा, बालहिंसा लगायत विषयमा रहेर सहभागीहरुलाई प्रशिक्षण दिएका थिईन् । उनले हिंसा नियन्त्रणमा पत्रकारहरुको भुमिकाबरे प्रष्ट पारेकी थिइन् ।

त्यस्तै उक्त कार्यक्रममा पत्रकार लोकसरी कुँवर, क्रियाशील पत्रकार महिलाका अध्यक्ष अमिता कुँवर, पश्चिम टुडेका प्रवन्ध निर्देशक भुवन जोशी, मर्निबेल दैनिकका सम्पादक रमा भट्राई र नयाँ सन्देश अनलाईन पत्रिकाकी सञ्चालक रमा चन्दले आफ्नो अनुभव सुनाएका थिए ।
कार्यक्रममा इह्रिकन नेपालको कार्यक्रम अधिकृत इन्दिरा पान्डेले पत्रकारहरुले आफूमाथि हिंसा हुँदा कसरी र कहाँ उजुरी गर्ने भनेर एप्सबारे जानकारी दिइइन् ।
नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार २०७८ सालमा प्रेस स्वतन्त्रता हनन्का ७५ वटा घटना भएको र यसबाट २७२ पत्रकार तथा ९ सञ्चार संस्था गरी २८१ पीडित रहेको तथ्यांक उल्लेख छ ।
मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन)नेपालको आयोजनामा भएको कार्यक्रमलाई इन्टरनेशनल अर्लटको सहकार्य र युरोपियन युनियनको सहयोग रहेको थियो ।
