Skin_Hospital_Dhn

नेकपा एमालेले बोलायो मंसिर ४ निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक

काठमाण्डौं ।
नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमालेको पाँचौँ बैठक २९ माघदेखि सुरु हुनेछ ।

बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरण मुख्य एजेण्डा रहेका एमाले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकको एजेण्डा तय गर्न एमालेले २६ माघमा सचिवालय बैठक बोलाएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान कार्यालयमा बस्ने बताइएको छ ।

सम्बन्धित
Loading...