बझाङ ।
ट्रकलको ठक्करबाट एक युवतीको मृत्यु भएसंगै जयपृथ्वी राजमार्गमा सवारी आवतजावत अवरुद्ध भएको छ। बझाङको केदारस्युँ गाउँपालिका— २ र ४ को सिमाना बजुवा बगर नजिक धनगढीबाट गइहेको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएपछी जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएर सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकल पछाडि सवार बझाङको दुर्गाथली ३ रकैल घरभइ हाल केदारस्युँ ९ बस्दै आएकी २५ वर्षिया अमृता खत्री धामीको आज बिहान ९ः३० बजे घटनास्थलमै मृत्यु भएको थियो । ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युवतीलाई ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।
मृतक महिला हेयर नेपाल संस्थामा कार्यरत भइ फिल्ड कार्यक्रमका लागि बाग्थला गइरहेको बुझिएको छ। मोटरसाइकल चालक र ट्रक चालक भने फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जयपृथ्वी राजमार्गमा सवारी आवतजावत समेत अवरुद्ध भएका छन् ।