
धनगढी ।
उच्च अदालतले सांसद् अरूण कुमार चौधरीको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
आज (सोमबार) न्यायधिश अर्जुन प्रसाद कोईरालाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन अन्तरिम आदेश जारी गरेको हो ।


सांसद् चौधरीलाई रिहाइको माग गर्दै न्यायधिस कोईरालाको इजलासमा बहस भएको थियो ।
हिजो (आइतवार) उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो। १९ माघमा बाँकेबाट पक्राउ गरेर २० गते अरुण चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो ।
सोही दिन चौधरीलाइ जिल्ला अदालतले कारागार चलान गरेको थियो ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
