
बझाङ ।

बझाङमा घर नजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर ज्यान गएको छ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–१, कौवागढीकी ५४ वर्षीया धनलक्ष्मी देवीको रुखबाट लडेर आज (सोमबार) बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार उनीघर नजिकैको जंगलमा घाँस काट्दा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
