Skin_Hospital_Dhn

सुदूरका मुख्यमन्त्री रावलले भोली विश्वासको मत लिने

धनगढी ।
सुदूरका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोली (बुधबार) विश्वासको मत लिने भएका छन।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको कारण विश्वासको मत लिन लागेको हुन।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

नाउपाले आफ्ना माग सम्वोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्धामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो।

नेकपा (एमाले)का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नाउपा र राप्रपाको समर्थनमा पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सम्बन्धित
Loading...