Skin_Hospital_Dhn

नेपालमा हरेक वर्ष तीन करोड बराबरको चिया निर्यात

इलाम ।
नेपालमा हरेक वर्ष तीन करोड ८० लाख विदेशी मुद्रा चिया निर्यातबाट आर्जन भइरहेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये ०.५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ। त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको उनको भनाइ छ।

उनले भने, ‘मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नम्बर १ मा हुने गरेको छ।” प्रमुख अधिकारीले प्रदेश १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने गरेको जानकारी दिए ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरेर ६८ वटा ठूला चिया उद्योग रहेको उनको भनाइ छ। उनले मुलुकमा एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिए।

बोर्डको तथ्याङ्कमा मुलुकमा एक सय ६० वटा भन्दा बढी चिया बगान छन्। पन्ध्र हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् भने ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए। उनले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको समेत जानकारी दिएका छन्।

सम्बन्धित
Loading...