टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८०० नाघ्यो
काठमाडौं ।
टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।
उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार बढी पुगेको छ ।
भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ। सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।
अलजजिराले टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै २ हजार ३१६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिरियामा १ हजार ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।