Skin_Hospital_Dhn

स्पेनिस ला—लिगाः रायो भालकानोसंग अल्मेरिया पराजित

स्पेनिस ला—लिगा फुटबलबमा गय राती भएको खेलमा रायो भालकानोसंग अल्मेरिया पराजित भएको छ ।

खेलमा रायो भालकानोले अल्मेरियालाइ २–० पराजित गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा रायो भाल्कानोले आत्मघाति गोलमार्फत अग्रता लिएको थियो । ५४ औं मिनेटमा रोड्रिगोले आफ्नै पोस्टमा गोल गरेका थिए । ६३ औं मिनेटमा एल्भारो ग्रासियाले गोल गरेपछि अग्रता दोब्बर भएको थियो ।

जितसँगै रायो भाल्कानो ३२ अंकका साथ तालिकाको ५ औं स्थानमा उक्लिएको छ भने अल्मेरिया २२ अंकका साथ तालिकाको १४ औं स्थानमा रहेको छ ।

ला लिगामा बर्सिलोना ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित
Loading...