Skin_Hospital_Dhn

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, प्रतिलिटर कति ?

काठमाडौं ।
नेपाल आयल निगमले हिजो (सोमबार) राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ नयाँ मूल्यसँगै अब पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर कायम गरीएको छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ छ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएका कारण मूल्य समायोजन गरिएको जनाएको छ।

सम्बन्धित
Loading...