Skin_Hospital_Dhn

डोटीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

डोटी: डोटीमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ।

जिल्ला शिखर नगरपालिका–७ स्थित लुवाखडी खोलामा डुबेर रोल्पाको रोल्पा नगरपालिका–३ खुमेल घर भएका ३६ वर्षीय दिपेन्द्र घर्तीमगरको मंगलबार दिउँसो मृत्यु भएको हो।

शिखर नगरपालिका–७ सेरीगाउँस्थित खोटो कम्पनीमा काम गर्ने मगरको उक्त खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...