आगलागीमा परी १४ वर्षीया बालिकाको मृत्यु

चन्दननाथ नगरपालिका—१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

जुम्लाको चन्दननाथ—१ ठिन्केका लोकबहादुर भण्डारीकी छोरी बन्दना भण्डारीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

जोशीका अनुसार आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको छ। एक्कासी राति आगलागी हुँदै परिवारजन बाहिर निस्केका थिए।

तर, तेस्रो तलामा सुतिरहेकी बन्दना भने बाहिर निस्कन सकेकी थिइन् । उनी घरको तेस्रो तलामै मृत भेटिएकी हुन्।

घरमा लागेको आगो स्थानीय बासिन्दा, नगरपालिकाको दमकल, प्रहरी र सेनाले निभाएको छ । घरका सरसामान भने पुरै जलेर नष्ट भएका छन्।

DHN_Aaglagi
सम्बन्धित
Loading...