Skin_Hospital_Dhn

नाउपाको कसैलाई पनि विश्वासको मत नदिने निर्णय

धनगढी ।
नाउपाको डिल्लीबजारमा बसेको बैठकले कसैलाई पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।

उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबिच विहान देखि भएको बैठकले सो निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीको निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा पर्ने देखिएको छ। नागरिक उन्मुक्ति पार्टिले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले १ महिनाकै अवधिमा सत्ता छाड्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।

सत्ता गठबन्धनमा समावेस रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ।

एमाले नेता रावल माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। गत पुस २६ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माघ २५ गतेको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

सम्बन्धित
Loading...