सुदूरपश्चिम सरकार ढल्ने प्रवल सम्भावना

धनगढी।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले अहिले सम्म आफ्नो निर्णय नदिँदा सरकार ढल्ने प्रबल सम्भावना देखिएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

सुदूरपश्चिमका मुख्य मन्त्री राजेन्द्र सिंह रावलले भोलि (बुधवार) विश्वासको मत लिने तय भएको हो ।

पछिल्लो तालिका अनुसार उनले बिहान ११ बजे विश्वासको मत लिने भनिएकोमा दिउँसो १ बजे सारिएको छ ।

यो सँगै नागरिक उन्मुक्ति पार्टीले पनि अहिले सम्म आफ्नो निर्णय समेत दिएको छैन । नागरिक उन्मुक्तिले ‘हामी छलफल मै छौ निर्णय गरेका छैनौँ ‘भन्ने अभिव्यक्ति दिँदै आएको छ ।

जसले गर्दा नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहको मुख्य मन्त्रीका लागि बाटो खुल्ने सम्भावना देखिएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...