धनगढीः सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्र बेलडाँडीबाट ठूलो परिणाममा भन्सार छलिका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले बिहीबार बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
जसअन्तरगत भन्सार छली गरि नेपाल भित्राइएको ३६१ बोरा गहुँ, १ सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर, फेसन सुज १४ जोर, सेल्फी सुज १० जोर, चप्पल ८ जोर रहेको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारी कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्दले जानकारी दिए।
उनका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीको भन्सार कार्यालय पठाइएको छ। सामान ढुवानीमा संलग्न भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।