आजको मौसमः तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं ।
आज (बुधबार) तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। यता पहाडी क्षेत्रमा भने आज आंशिक क्षेत्रमा बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने भएको छ।

Gaurishankar Dental

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

यस्तै प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भागमा आंशिक बदली हुने तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...