Skin_Hospital_Dhn

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

काठमाडौं ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज (बुधबार) बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

नाउपाले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरेसंगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन् । मुख्यमन्त्री रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरे पनि उसले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

नेकपा (एमाले)का रावल सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सम्बन्धित
Loading...