Skin_Hospital_Dhn

पहिलो पटक साउदी क्लब फिफा क्लब विश्वकपको फाइनलमा

काठमाडौँ ।
पहिलो पटक साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ ।

फिफा क्लब विश्वकपको फाइनलमा पुग्ने अल हिलाल पहिलो साउदी क्लब हो ।

अल हिलालले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल हिलालको जितमा सालेम अल्दावसरीले दुई गोल गरेका थिए भने लुकियानो भिएट्टोले एक गोल गरेका थिए । त्यस्तै फ्लामेन्गोका लागि दुवै गोल पेड्रोले गरेका थिए ।

यस खेलमा फ्लामेन्गोका गेरसन खेलको पहिलो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

अब अल हिलालले रियल म्याड्रिड र इजिप्टको क्लब अल अहलीबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल फेब्रुअरी ११ मा हुने छ ।

सम्बन्धित
Loading...