
काठमाडौं ।
नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको सीआईबीको टोलीले गत महिना काठमाडौंमा भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई प्रहरीले हिजो (मंगलबार) पक्राउ गरेको हो ।

उनले एजेन्टको काम गरेको ब्युरोका प्रवक्ता तथा एसपी कमल थापाले बताए।
ब्युरोले यसअघि पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ गरेको थियो।
