Skin_Hospital_Dhn

नाउपाको प्रदेश सभा बैठकमा सहभागी नहुने संकेत

धनगढी ।
नाउपाले सुदूरपश्चिम प्रदेश सभाको आज (बुधबार) बस्ने बैठकमा सहभागी नहुने संकेत गरेको छ ।
आज (बुधबार) उन्मुक्तिका प्रदेश सभा सदस्यहरू नेता रेश्म चौधरीसंग काठमाण्डौं डिल्लीबजारमा छलफलमै रहेकाले बुधबार बस्ने बैठकमा सहभागी नहुने संकेत गरेका हुन् ।

उन्मुक्तिका प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमा भाग नलिने बताउँछन् । हामी काठमाण्डौंमै छलफल र वार्तामा छौ संसदीय दलका नेता रामेश्वर चौधरी भन्छन् “हेरौं भोली या पर्सि फर्कन्छौं ।” उनले मुख्यमन्त्री रावललाई माग र मुद्दा सम्बोधन गराउन समय दिए पनि गम्भीर नबनेको प्रतिक्रिया दिए ।

प्रदेश सभाको बैठक आज (बुधबार) १ बजे बोलाईएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

सम्बन्धित
Loading...