ओलीलाइ भेट्न बालकोट पुगे प्रधानमन्त्री

काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ भेट्न बालकोट पुगेका छन् ।

Gaurishankar Dental

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड सत्तारुढ प्रमुख घटक एमाले अध्यक्षलाई भेट्न बालकोट पुगेका हुन्।

भेटमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने पक्षमा एमाले छ तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।

सम्बन्धित
Loading...