
कञ्चनपुर ।
कञ्चनपुरमा लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । हिजो (मङ्गलवार) साँझ जिल्लाको विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा कैलाली जिल्लाको जोशीपुर गाँउपालीका वडा नं. ६ सिम्री बस्ने २३ वषीर्य पारस कठरिया, वडा नं. २ मुद्दी बस्ने २३ वषीर्य दिनेश रावत, भिमदत्त नगरपालिका वडा नं. ३ भाँसी बस्ने १९ वषीर्य प्रवेश थापा मगर, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ३ घर भई हाल भिमदत्त नगरपालिका वडा नं. ३ ऐठपुर कोठा गरी बस्ने २९ वषीर्य राम सिंह धामी, वडा नं. ४ बस्ने १८ वषीर्य अनुराग टोके रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका ६ बैशाखा स्थित नेपाल भारत सीमा इलाकामा चेक जाँचको क्रममा जिल्ला कैलालीको जोशीपुर गाँउपालीका ६ सिम्री बस्ने वर्ष २३ को पारस कठरियाले चलाएको सु.प.प्र.०१—०११ प। ७१४६ नम्बरको स्कुटर पछाडि सवार जोशीपुर गाँउपालीका २ मुद्दी बस्ने २३ वर्र्षीय दिनेश रावतलाई शङ्काको आधारमा चेकजाँच गर्दा सोही स्कुटरको मोडगार्ड भित्र कालो रङ्गको प्लास्टिकको थैलीमा १ पोका ०.८३ मिली ग्राम लागु औषध (खैरो हेरोइन) फेला पारी लागु औषध, स्कुटर र दुवै जना लाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै भिमदत्त न।पा। ४ कोब्रा डान्स बार नजिकै सडक खण्डमा व।प्र।का। महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भिमदत्त न.पा. ३ भाँसी बस्ने १९ वर्षीय प्रवेश थापा मगरले चलाएको म. २ प. १८६६ नं. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडि सवार दार्चुलाको शैल्यशिखर न.पा. ३ घर भई हाल भिमदत्त न.पा. ३ ऐठपुर कोठा गरी बस्ने २९ वर्र्षीय राम सिंह धामीको साथबाट डायजेपाम इंजेक्शन २० वटा, बुपे्र नोरफिन इंजेक्शन २० वटा, प्रोमेफजाइन हाइड्रो क्लोराइड इंजेक्शन २० वटा गरी जम्मा ६० पिस र नाइट्रा पाम ट्याब्लेट १० वटा फेला पारी मोटरसासाइकल पछाडि सवार भिमदत्त न.पा. ४ बस्ने १८ वर्र्षीय अनुराग टोकेलाई प्रहरीले पक्राउ गरि प्रहरीले सो सम्म्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
