
अछाम ।
अछाम जिल्लाको वैद्यनाथ वेद विद्या आश्रम पुस्तकालय भवनको एक कार्यक्रमका बिच समुद्घाटन गरिएको हो ।


वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक शुरत बहादुर शाहले उक्त पुस्तकालय भवनको एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
केही पुस्तक भारतको गोरखपुरबाट समेत ल्याइएको उक्त पुस्तकालयमा नेपालको भाषा संस्कृति, वेद, कुरान रामायण लगायतका सयौँ पुस्तक राखिएका छन् । वैद्यनाथ वेद विद्या आश्रमका अध्यक्ष डण्डिराज जोशीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यस्तै महाँशिवरात्री नजिकिनै लाग्दा मेला आयोजक समिति समेत गठन गरिएको छ ।
अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था अनुरूप प्रजिअ लक्ष्मण ढकालको अध्यक्षतामा मेला आयोजक समिति गठन गरिएको हो । ढकाल केहिदिन अघि मात्र अछाम जिल्लाको प्रजिअको रूपमा अछाम आएका थिए । वेद विद्या आश्रमका प्रअ देवराज उपाध्याय, संस्थाका संरक्षक, संस्थाका अध्यक्ष लगायतले प्रजिअ ढकाललाई जिल्लामा स्वागत समेत गरेका थिए । साथै त्यसै दिन परम्परा अनुसार वैद्यनाथ धाममा टाँगो ठड्याउने काम गरिएको थियो । टाँगो ठड्याएको दिन देखि महाँशिवरात्री पर्व सुरु भएको मानिन्छ ।
नेपालका चार धाम मध्यमा वैद्यनाथ धाम समेत पर्दछ । महाँशिवरात्रीको अवसरमा वैद्यनाथमा ठुलो मेला लाग्ने गर्दछ । मेला हेर्न र शिवजीको दर्शन गर्न सुदूरपश्चिम लगायत अन्य जिल्लाबाट हजारौँ मानिसहरू त्यहाँ आउने गर्दछन् । भोले बाबाको दर्शन गरे मनले चिताएको पाइने दर्शनार्थीको बुझाई छ ।
