अत्तरियामा वाईवाई एसईई आइडलको आठौँ अडिसन सम्पन्न

धनगढी ।
वाईवाई एसईई आइडलको आठौँ अडिसन आज अत्तरियाको दुर्गालक्ष्मी नमुना मा.वि. मा सम्पन्न भएको छ।
प्रभात मिडिया एण्ड इभेन्ट प्रा. लि.ले आयोजना गरिरहेको सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आइडलको आज अत्तरियाको दुर्गालक्ष्मी नमुना मा.वि. मा आठौँ अडिसन सम्पन्न भएको हो।
सुदूरपश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ अडिसनमा सहभागी नृत्यहरू मध्ये उत्कृष्ट २० र गायन प्रस्तुति  मध्ये उत्कृष्ट १० प्रस्तुतिलाई मात्र फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको विजेता र उप—विजेताले नगद पुरस्कार क्रमशः रु. ५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप—विजेताले नगद पुरस्कार क्रमशः रु २० हजार र रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पार्नेछन् । साथै दुवै विधाका विजेता र उप—विजेताहरूले  कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् ।
यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको उक्त कार्यक्रम २०७९ पुसमा सुरु भएको अडिसनहरू २०८० ज्येष्ठ सम्म सुपका ९ वटै जिल्लामा आयोजना हुनेछन् भने २०८० असार २ गते फाइनल धनगढीमा सम्पन्न हुनेछ ।
सम्बन्धित
Loading...