Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेशका तराई जिल्लाहरुमा लागु औषधविरूद्धको महाअभियान संचालन

धनगढी ।
खुल्ला नाकाका कारण बढ्दै गएको लागू औषध दुर्व्यसनी रोक्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशका तराई जिल्लाहरुमा लागु औषधविरूद्धको महाअभियान संचालन गर्ने भएको छ ।

बुधवार प्रदेश प्रहरी कार्यालयले कैलाली कञ्चनपुरका स्थानिय तहका जनप्रतिनिधि तथा औषधि व्यवसायी संघसंग छलफल गर्दै समन्वय तथा सहयोगका लागि अपिल गरेको छ ।

प्रहरी नायव महानिरिक्षक अशोक सिंहले लागु औषधका कारण जघन्य अपराध तथा सवारी दुर्घटना बढ्दै गएकोले जथाभावी प्रयोगमा कारबाही संगै सचेतना फैलाउन जरूरी रहेको बताए । उनले समाजमा बढ्दै गएको दुर्व्यसनी रोक्न जरूरी रहेको बताए ।

कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दुर्व्यसनि प्रहरी बाट मात्र नभई समाजले पनि रोक्न जरूरी रहको बताए । दुर्व्यसनि रोक्न दण्ड जरिवाना मात्र नभई अभियाननै संचालन गर्न जरूरी रहेको बताए ।

धनगढी उप—महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले जथाभावी लागू औषध विक्रि वितरण रोक लगाउन औषधि संचालकको भुमिका पनि आवश्यक रहेको बताए ।
सहमतिहरु
१. लागु औषधको रुपमा प्रयोग हुने औषधी जन्य पदार्थको वेचविखन गर्दा चिकित्सकको सिफारीस लिनु अनिवार्य गर्ने ।
२. सरोकार वाला सबै निकाय, संघ संस्थाले आ(आफ्नो दायित्व बहन गरी अनुगमन, निरिक्षण लगायतका कार्यहरु निरन्तर्ता दिने साथै जिल्ला सुरक्षा समितीले विशेष पहल कदमलिई मनोदिपक पर्दाथहरुको विक्री वितरण नियमन गर्ने तर्फ अग्रसरता लिने ।
३. कानून बमोजिम अधिकार प्राप्त स्वास्थ्यकर्मी बाहेक अन्य मेडिकल संचालन, औषधी वेचविखन लगायतका कार्यहरु नगर्ने,नगराउने ।
४. औषधी व्यवस्था विभाग लगायतका सरोकार वाला विषय हकले गरेको अनुगमन निरिक्षण तथा सुपरीबेक्षण काममा सम्पूर्ण औषधी व्यावसायीहरु पुणै रुपमा कानून वमोजिम गर्ने गराउने।

सम्बन्धित
Loading...