बैतडीमा उपचारपछि घर फर्कने क्रममा एक महिलाको मृत्यु

Gaurishankar Dental

बैतडीः बैतडीमा उपचारपछि घर फर्कने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ पौडीकी ६८ वर्षीया बेलु बिष्टको मंगलवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

केही दिन अघि घर नजिकै लडेकी बिष्टलाई मंगलवार असहज भएपछि उपचारका लागि पाटनस्थित एक पोलिक्लिनिकमा ल्याइएको थियो । उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी बिष्टको सोही ठाउँमा मृत्यु भएको जनाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...