Skin_Hospital_Dhn

एलपीएल टी–२०ः लिटल आई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी

धनगढी ।
धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लपीएलमा आज (बुधवार) भएको दुई वटा खेलमा लिटल आई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन् ।

दिनको पहिलो खेलमा लिटल आई स्कुल अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गर्दै लिटल आईले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा १०५ रन बनाउदै सबै विकेट गुमायो ।

लिटल आईको बलिङमा बायाँ हातका स्पिनर नरेन साउदले ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिएका थिए । सन्तोष बिजलीले २ तथा वीरेन्द्र नाथ र सुरेश रिजालले १/१ विकेट लिए ।
ब्याटिङ तर्फ लोटस आईको लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए भने आयुब चन्दले ३४, लक्की कडायत र नरेन साउदले समान २६ प्रदीप चन्दले २२ रन बनाए । पाँचौँ विकेटको लागि योगेश र नरेनले ६ ओभरमा ७४ रनको साझेदारी गरे। शारदा निकेतनका बलर नागराज सिंह, अशोक धामी, दीपक रोकाया र राजेन्द्र साउदले १/१ विकेट लिए।

आजै भएको दोस्रो खेलमा होली फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गदै नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमा भेटायो।

होली फेमिलीको ब्याटिङमा राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए भने बिरेन बम र अरुण रानाले समान २३ रन बनाए । यु—१९ राष्ट्रिय क्रिकेटर समेत रहेका नव बल बाटिका स्कुलका बलर प्रकाश जैसीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त भने भएन। यस अघि टस जितेर ब्याटिङ गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११५ रन बनायो। उसको लागि रौनक श्रीवास्तवले सर्वाधिक २९ रन बनाए । यस्तै विराट सिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए।

होली फेमिलीका बलर प्रेम ठकुराठीले ४ ओभरमा १५ रन खर्चिदै ३ विकेट लिए । नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित
Loading...