Skin_Hospital_Dhn

भूकम्प : मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

काठमाडौँ ।
छिमेकी सिरिया र टर्कीको पूर्वी भागमा सोमबार भएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ ।

सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पमा परी अरु हजारौँ घाइते भएको र अन्य धेरै बेपत्ता भएको बताइएको छ ।

प्रतिकूल मौसमका कारण बेपत्ताको खोज तथा घाइतेको उद्धारमा अवरोध भयपनि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् ।

टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगान भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा गएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरभेटिभ पार्टीका अध्यक्षले टर्कीको अनुरोधअनुसार थप सहायता उपलब्ध गराउने बताएका छन् ।

युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलब्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् ।

सम्बन्धित
Loading...