
काठमाडौं ।
भीमदत्त नगरपालिका स्थित उल्टाखामकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा पाँच जनाको रगतको नमुना सङ्कलन गरिएका मध्ये तीन जनाको डीएनए आएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले पाँच जना मध्ये ३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सङ्कलित नमुना परीक्षण गर्दा तीन जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बताएको छ ।
डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित पाँच जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।
