Skin_Hospital_Dhn

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

बुटवल ।
रुपन्देहीको देवदहमा आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ गरेका छन् । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै प्रहरीकहाँ उजुरी परेपछी शिक्षकलाइ प्रहरीले पक्राउ गरेको हो ।

जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

सम्बन्धित
Loading...