बझाङमा हेलिकोप्टर मार्फत एक गर्भवतीको उद्धार

बझाङः बझाङमा हेलिकोप्टर मार्फत एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको साईपाल गाउँपालिका–४ धुलीकी २६ वर्षीया सुपारी कुमारी बोहराको आज (बिहीवार) हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

Gaurishankar Dental

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार ३४ हप्ताको बच्चा पेटमा रहेकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । उनलाई सुत्केरी हुनु अगावै अत्यधिक रक्तस्राव भएको छ।

जिल्ला अस्पताल बझाङमा यस्ता समस्याले जिल्लामा ३/४ जना महिलाको ज्यान गएकाले सिधै सुर्खेत पठाइएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर मार्फत गर्भवतीको उद्धार गरिएको हो ।

सम्बन्धित
Loading...