बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

धनगढी: बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टिको भवानी माविका विद्यार्थीहरूलाई रारा लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो।

Gaurishankar Dental

घाइते हुनेमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

सम्बन्धित
Loading...