
काठमाडौँ ।

मुलुकमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहनेछ ।

विभागका अनुसार तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने हुँदा दैनिक जनजीवनमा प्रभाव पार्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
उच्च पहाडी भू-भागमा हिमपात हुने, पहाडी भू-भागमा मौसममा बदली रहने र तराईमा बाक्लो हुस्सु लाग्ने हुनाले जनजीवन प्रभावित हुने र चिसो बढ्ने विभागको भनाइ छ । केही स्थानमा हवाई यातायातसमेत प्रभावित हुनेछ ।
