Skin_Hospital_Dhn

बझाङमा काफलको रुखबाट खसेर महिलाको मृत्यु

बझाङ: काफलको रुखबाट खसेर बझाङमा एक महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका–१० डौडकी अन्दाजी ४५ वर्षीया प्रमा बाग रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार बत्थडचिर गाउँपालिका–७ स्थित ठूलीखाली भन्ने जंगलमा काफल टिप्न गएकी प्रमाको बिहीबार दिउँसो १२ बजे काफलको रुखबाट खसेर घटनास्थलमै ज्यान गएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...