
धनगढी: कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित तीनजना पक्राउ परेका छन्।

आज (बिहीबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरियास्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित दुई पुरुष र एक महिलालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ। प्रहरीले उनीहरूको नाम खुलाएको छैन।
