Skin_Hospital_Dhn

यू–२० साफ महिला च्याम्पियनसिप फुटबल : फाइनलमा नेपाल र बङ्लादेश खेल्दै

काठमाण्डौ ।
बङ्लादेशमा यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (बिहीवार) नेपाल र बङ्लादेश खेल्दैछन् । खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । आज नेपाल घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने दाउमा रहेको छ ।

नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । तर, घरेलु टोलीलाई पराजित गर्न सजिलो भने छैन । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सम्बन्धित
Loading...