Skin_Hospital_Dhn

इंग्लिस प्रिमियर लिगः रफायल भरानेले आत्मघाती गोल गर्दा युनाईटेड अंक बाडन बाध्य

काठमाडौँ ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडन बाध्य भएको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अंक बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो । युनाइटेटका लागि मार्कस र्‍यासफर्ड र जेडोन सान्चोले गोल गरेर युनाईटेडलाई हारवाट जोगाएर बराबरी अंक बाडने मौका दिए।

खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए भने ४९ औं मिनेटमा युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा आत्मघाती गोल गर्दा युनाईटेड २–१ ले पछि पर्न गयो ।

६२ औं मिनेटमा मार्कस र्‍यासफर्डले र ७० मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाउन सफल भए । १६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अंक छ । २२ खेलबाट ४३ अंक जोड्दै युनाइटेड तेस्रो स्थानमा छ।

सम्बन्धित
Loading...