कतारमा जारी विश्वकपमा अहिलेसम्मकै रेर्कड कायम,२ मिनेट भित्रै हेडिङ गोल

२ मिनेट भित्रै हेडिङ गोल

काठमाडौं । ३६ बर्ष पछि विश्वकपमा आएको क्यानडाले २ मिनेट भित्रै गोल हानेको छ । विश्वकप फुटबलमा अहिले जारी खेलमा साविक उपविजेता क्रोएसिया सुरुमै पछि परेको छ ।
खेलको दोस्रो मिनेटमा अल्फन्सो डेभिसको गोलमा क्यानडाले अग्रता लिएको हो ।
उनले बुचाननको पासमा २ मिनेट भित्रै हेडिङ गोल गरेका थिए।

 

कतारमा जारी विश्वकपमा यो अहिलेसम्मकै छिटो गोल हो ।

 

Loading...