काठमाडौं ।
जारी फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट पेरिस सेन्ट जर्मेन (पीएसजी) बाहिरिएको छ।
गए राति सम्पन्न खेलमा मार्सेसँग २—१ गोल अन्तरले पराजित हुँदै उपाधि दाबेदार पीएसजी बाहिरिएको हो।
१४ पटकको विजेता पीएसजीलाई हराउन मार्सेका एलेक्सिस सान्चेज र रुस्लान मालिनोभास्कीले एक एक गोल गरे । पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए ।
खेलको ३१ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमा गोल गर्दै मार्सेलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १—१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५७ औं मिनेटमा रुस्लान मालिनोभास्कीले गोल गर्दै मार्सेलाई २—१ को जित दिलाए ।