
धनगढी ।
हिजो (बुधवार) ३ जना लागु औषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढीबाट २ जना र टिकापुरबाट १ जना गरी ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप—महानगरपालिका वडा न. ८ बस्ने २२ वर्षीय सिरु राना र १७ वर्षीय हिमाल रानालाई ९ ग्राम ४५० मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरोहेरोईन) सहित पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।
त्यस्तै बुधवार बेलुकी इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले टिकापुर नगरपालिका वडा न. १ बजार स्थित १९ वर्षीय प्रमोद बराललाई ३४० मिलि ग्राम लागु औषध ब्राउन सुगर (खैरोहेरोईन) सहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका तिनै जना विरुद्ध प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।
