
काठमाडौँ ।
मोटरसाइकल तथा स्कुटरको कर तथा नवीकरण दस्तुर फागुन महिनाभित्र भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।
फगुन मसान्तसम्ममा सवारी धनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालयले एक सूचनामार्फत जानकारी दिएको हो ।


आर्थिक वर्ष २०७०÷७१ देखि २०७५÷७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
साथै आफ्नो सवारी साधनहरुको कर नवीकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध समेत गरेको छ ।
यसैगरी कार्यालयले अबिलम्ब कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।
