Skin_Hospital_Dhn

मुख्‍यमन्त्री राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशसभा स्थल पुगे, विश्वासको मत लिनैपर्ने अवस्था

धनगढी ।
सांसद तथा मुख्‍यमन्त्री राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशसभा स्थल पुगेका छन् । चार बजेका लागि बोलाइएको प्रदेशसभा बैठक केहीबेरमा सुरु हुँदै छ । सरकार जोगाउन आजको बैठकमा मुख्‍यमन्त्री रावलले विश्वासको मत लिनैपर्ने अवस्था भएपनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएसँगै बैठक हिजोदेखि सर्दै आएको थियो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी एकमहिनाअघि सत्ता गठबन्धन दलहरुको समर्थनमा मुख्‍यमन्त्रीमा नियुक्त भएका थिए । मुख्‍यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा वा गठबन्धन फेरबदल नभएमा यहाँ मुख्‍यमन्त्री रावललाई बहुमत नपुग्ने देखिन्छ । रावलले विश्वासको मत लिन नसकेमा आजैबाट प्रदेश सरकार कामचलाउ बन्नेछ । त्यसपछि संवैधानिक व्‍यवस्थाअनुसार ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व पाउनेछ । यद्यपि, यसरी बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका सभामुखसहित ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत पुग्दैन।

सम्बन्धित
Loading...