आज दिउँसो ३ बजेका लागि तय भएको उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने
काठमाडौं ।
आज (बिहीबार) दिउँसो ३ बजेका लागि तय भएको उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने भएको छ।
सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार राखिएको हो ।
दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल जारी छ ।
हिजो (वुधबार) अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो ।