Skin_Hospital_Dhn

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

झापा दमक नगरपालिका—३ घर भई काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडालाई आज (बिहीबार) प्रहरीले पक्राउ गरेको हो ।

खतिवडालाई उच्च अदालत पाटन ललितपुरले २०७९ मंसिर २३ गते गरेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ८ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।

पक्राउ परेका खतिवडालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

सम्बन्धित
Loading...