Skin_Hospital_Dhn

राष्ट्रिय चौफारी डाँडा जङगलबाट ५ नाल भरुवा बन्दुक बरामद

सुर्खेत ।
लेकबेशी नगरपालिका—५ राष्ट्रिय चौफारी डाँडा जङगलबाट ५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका—५ राष्ट्रिय चौफारी डाँडा जङगलबाट ५ नाल भरुवा बन्दुक आज (बिहीबार) दिउँसो प्रहरीले बरामद गरेको हो ।

अस्थायी प्रहरी पोस्ट नेटाबाट खटिएको प्रहरीले ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा भन्दुक फेला पारी बरामद गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

सम्बन्धित
Loading...