Skin_Hospital_Dhn

रावलले बहुमत गुमाएसँगै मुख्यमन्त्रीमा नियुक्त हुँदै कांग्रेस संसदीय दलका नेता कमल शाह

धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्न लागेका हुन् ।

आज (बिहिबार) बसेको बैठकमा सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सकेनन् । ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नहुदा सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसद छन् । माओवादीका सभामुखसहित ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् ।

सम्बन्धित
Loading...