आजको मौसम : कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भू-भागमा हल्का हिमपात हुने

काठमाडौँ।

हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भू-भागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा मौसममा बदली रहने र बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै, आज राति मुख्यगरी कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी भू-भागमा हिमपात हुनेछ ।

तराईमा लाग्ने कुहिरोले जनजीवन प्रभावित हुने र केही स्थानमा हवाई उडानमा समस्या हुनसक्ने विभागको भनाइ छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

सम्बन्धित
Loading...