Skin_Hospital_Dhn

सत्ता साझेदार दलको हिजो स्थगीत भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौँ ।
सत्ता साझेदार दलको हिजो (बिहीवार) स्थगीत भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीबाट विश्वासको मत लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरिएको थियो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम सरकार विघटन र रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुनेछ।

यसअघि बिहीबार दिउँसो बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्री दाहालले शुक्रबार बिहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको बताएका थिए।

सम्बन्धित
Loading...