Skin_Hospital_Dhn

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिँदै

धनगढी ।
सुदूरपश्चिम सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले हिजो (बिहिवार) बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन् ।

सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएपनि रेसमलाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफ्नो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ ।

सम्बन्धित
Loading...